
काठमाण्डु, ३१ साउन– पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सार्वजनिक सवारी साधनको भाडा आकाशिएको छ ।
नेपाल आयल निगमले शुक्रबार मात्र डिजेलमा प्रतिलिटर १४ रुपैयाँ र पेट्रोलमा ५ रुपैयाँ मूल्य बढाएको थियो ।
यसअघि बढेको समेत गरेर डिजेलको मूल्य २१ रुपैयाँले बढेपछि स्वचालित प्रणालीका आधारमा यातायात भाडा बढेको हो । यातायात व्यवस्था विभागले बुधबार नयाँ गाडी भाडा समायोजन गरेर सूचना जारी गरेको छ । अन्तरप्रदेश चल्ने सवारीको भाडा ४।७० प्रतिशतले बढेको विभागले जनाएको छ ।
इन्धनको मूल्य ५ प्रतिशतले घट्दा वा बढ् यातायातको भाडादर समायोजन हुने व्यवस्था छ । यसअघि १ हजार ६ सय ४८ रुपैयाँ रहेको काठमाण्डुबाट झापाको काकटभिट्टा जाने बसको भाडा १ हजार ७ सय २५ रुपैयाँ भएको छ । काठमाडु–धरानको बस भाडा १ हजार ५ सय ३३ रुपैयाँ भएको छ । यसअघि उक्त रुटको भाडा १ हजार ४ सय ६४ थियो ।
काठमाण्डुबाट कैलालीको अत्तरिया–डडेलधुरा हुँदै वैतडीसम्मको भाडा २ हजार ६ सय २८ कायम पुगेको छ । यसअघि उक्त रुटको भाडा २ हजार ५ रुपैयाँ १० थियो । काठमाडुबाट कैलालीको अत्तरिया हुँदै बझाङको चैनपुरसम्म जाने बसेको भाडा ३ हजार १५ रूपैयाँ पुुगेको छ । यस्तै काठमाण्डु–गुलरियाको भाडा १ हजार ६ सय ८ रुपैयाँ कायम भएको छ ।