
काठमाण्डु, ३१ साउन– चिनियाँ जनमुक्ति सेनाको टोली नेपाल आउने भएको छ ।
चीनको तिब्बत मिलिट्री कमान्डको मेजर जनरल यु एन दे नेतृत्वको टोली आज दिउँसो काठमाण्डु आउन लागेको हो ।
नेपाली सेनाका सूचना अधिकारी सहायक रथी कृष्णप्रसाद भण्डारीले टोली तीन दिनसम्म नेपालमा रहने बताए । उनका अनुसार चिनियाँ सेनाको प्रतिनिधिमण्डलले प्रधानसेनापति
प्रभुराम शर्मासहित जनरलहरुसँग भेट्ने कार्यक्रम छ ।
भेटवार्ता लगायतका कार्यक्रम रहेको सहायक रथी भण्डारीले जानकारी दिए।