
काठमाण्डु, ३१ साउन–प्रहरीले श्रोत नखुलेको ३० लाख अवैध रकमसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अवैध रकमसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चिनियाँ नागरिक गाओ हुई र ताङ जिङ रहेको प्रहरी प्रवक्ता डिआईजी कुबेर कडायतले बताए ।
पक्राउ परेकाहरुलाई राजश्व अनुसन्धान विभागमा बुझाउने तयारी प्रहरीको छ ।