सुनिल शर्मा प्रकरणबारे ओलीको टिप्पणीः यस्तै हो भने त कोही बाँकी नरहने भयो

काठमाण्डु टुडे २०८० साउन २८ गते १५:०० मा प्रकाशित

काठमाण्डु, २८ साउन– एमाले अध्यक्ष केपी ओलीले कार्यकर्तालाई उजुरी गर्न लगाउँदै सांसद पक्राउ गर्न थालिएको आरोप लगाएका छन् ।

सरकारमा रहेका दलका कार्यकर्ताले उजुरी गर्ने र सरकारले पक्राउ गर्ने प्रवृत्ति बढे कोही बाँकी नरहने ओलीको भनाइ थियो । पार्टी मुख्यालय च्यासलमा शनिबार आयोजित पत्रकार सम्मेलनमा ओलीले आफ्नै कार्यकर्तालाई उजरी गर्न लगाएर सरकारले काँग्रेस सांसद सुनिल शर्मालाई पक्राउ गरेको टिप्पणी गरे ।

क्विन्टल सुन तस्करी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा मागेका कारण शर्मालाई पक्राउ गरेको आरोप ओलीले लगाए । मन्त्रीको राजीनामाको कुरा उठाएपछि नक्कली प्रमाणपत्रको विषयमा शर्मालाई पक्राउ गरिनुले शंका जन्माएको ओलीले बताए ।

‘एउटा कार्यकर्तालाई उजुरी हाल्न लगाउँदै मान्छै समात्दै जाने हो भने त कोही पनि बाँकी रहँदैन’, ओलीले भने । अ‍ोलीले निर्वाचित सांसद पक्राउ गर्दा सभामुखलाई जानकारी दिनुपर्ने अभ्यासको उल्ंघन भएको भन्दै रोष प्रकट गरे ।

ओलीले पनि गृहमन्त्री श्रेष्ठ असफल भएकाले राजीनामा माग गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us