
मकवानपुर, २८ साउन– अविरल वर्षासँगै ठाउँठाउँमा पहिरो जाँदा हेटौंडा– काठमाण्डु छोटो दूरीका सबै सडक अवरूद्ध भएका छन् ।
हेटौंडा–भैंसे–भीमफेदी सडक पहिरोले अवरूद्ध भएको छ । प्रहरीका अनुुसार भीमफेदीको भैंसे बजार नजिकै पहिरो गएको छ ।
मकवानपुर प्रहरी प्रमुख एसपी सीताराम रिजालले कुलेखानी–सिस्नेरी–काठमाण्डु सडक पनि पहिरो खसेर अवरूद्ध भएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ भालुडाँडास्थित सडक खण्डमा पहिरो खसेको उनले बताए ।
त्रिभुवन राजपथको भीमफेदी–९ लामिडाँडामा खसेको पहिरोका कारण सडक अवरूद्ध छ । वर्षात नरोकिएकाले पहिरो पन्छाउन नसकिएको रिजालले बताए ।