
काठमाण्डु, २८ साउन– खराब मौसमका कारण प्रधानमन्त्री पुष्पकमलदाहाल‘प्रचण्ड’ भरतपुरमा रोकिएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शनिबार पटिहीनीमा आयोजित कार्यक्रममा सहभागी हुन उनी भरतपुर गएका थिए ।
प्रधानमन्त्री बुद्ध एयरको जहाजबाट बिहान ७ः३५ मा काठमाण्डु उड्ने तालिका थियो ।
खराब मौसमका कारण जहाज उड्न नसकेको भरतपुरस्थित बुद्ध एयरका प्रमुख भक्तबहादुर बस्नेतले जानकारी दिए ।
प्रचण्ड फर्किएपछि आजै मन्त्रिपर्षद् पुनर्गठनको तयारी छ ।