बर्दियामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाण्डु टुडे २०८० साउन २८ गते १०:५९ मा प्रकाशित

बर्दिया, २८ साउन– आइतबार बिहान बर्दियामा भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । पछिल्लो ३ घण्टामा रम्भापुर, रानी वर्षा मापन केन्द्र र आसपासका क्षेत्रमा भारी वर्षा मापन भएको विभागले जनाएको छ ।

उक्त क्षेत्रमा थप वर्षा हुने भएकाले ती स्थान भई बहने साना खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने औंल्याइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us