दमौली बजारका ४ सय ५० बढी घर भत्काइँदै

काठमाण्डु टुडे २०८० साउन २८ गते १०:४८ मा प्रकाशित

तनहुँ, २८ साउन– पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार योजनाले दमौली बजारका घरटहरा भत्काउने भएको छ ।

मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) ले दमौली बजारमा घरटहरा भत्काउने तयारी अघि बढाएको हो । यसअघि आयोजनाले मुख्य बजारबाहेकका सडक आसपास क्षेत्रका घरटहरा भत्काएको थियो । योजना प्रमुख नरेन्द्र सुवेदीले घरटहराको मुआब्जा निर्धारणको काम सकिएकाले भत्काउने काम थाल्न लागिएको बताए ।

सो क्षेत्रमा ५ सय ५ वटा घर भत्काउनुपर्नेमा यसअघि ५० वटा भत्काइएको र अब बाँकी भतकाउने काम सुरु हुने सुवेदीले जानकारी दिए । घरटहराका २६ करोड मुआब्जा निर्धारण गरिएको आयोजनाले जनाएको छ । सडकको बीच भागबाट दायाँबायाँ २५ मिटर सडक क्षेत्र कायम गरिएकाले सो क्षेत्रभित्र पर्ने घरटहरा भतकाइने उनले उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us