
काठमाण्डु, २८ साउन– प्रहरीले निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष आङदोर्जे लामासहित ४५ जनालाई पक्राउ गरेको छ ।
ललितपुर चाकुपाटस्थित सडक विभाग र जावलाखेलस्थित सिँचाइ विभागमा ताला लगाउन गएका उनीहरुलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।
ताला लगाउनबाट रोक्ने प्रयासमा रहेका प्रहरीमाथि नै हातपात गर्दै जबर्जस्ती ताला लगाएकाले पक्राउ गरिएको भनाइ प्रहरीको छ । निर्माण व्यवसायी कार्यालयमा ताला लगाएर धर्नामा बसेका थिए ।
सरकारले काम गरेबापतको भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायी चरणबद्ध आन्दोलनमा छन् ।