
काठमाण्डु, २८ साउन– एमाले अध्यक्ष केपी ओलीले आज विशेष पत्रकार सम्मेलन आयोजना गरेका छन् ।
पार्टी मुख्यालय च्यासलमा १२ः४५ मा पत्रकार सम्मेलन आयोजना गरिएको हो ।
क्विन्टल सुन प्रकरण र संसदमा जारी अवरोध लगायत विषयमा विशेष पत्रकार सम्मेलन गर्न लागिएको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले बताए ।