
काठमाण्डु, २८ साउन– सत्तारुढ काँग्रेस संसदीय दलको बैठक आज पनि बस्ने भएको छ ।
बैठक संघीय संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा १२ बजे बस्ने काँग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । प्रतिपक्षी एमालेले संसदमा जारी राखेको गतिरोध, सरकारका विधेयक लगायत विषयमा छलफल गर्न काँग्रेस संसदीय दल बैठक शुक्रबारबाट सुरु भएको थियो ।
शुक्रबार १९ सांसदले आप्ना धारणा राखेका थिए । आज बाँकी सांसदले बोल्ने र सभपाति देउवाले जवाफ दिने बैठकको कार्यसूची छ ।
सासदहरुले आफैं सहभागी सरकारले एकपछि अर्को गरी काँग्रेस नेता र सांसदहरुलाई पक्राउ गर्दा पनि चुप लागेर बसेको भन्दै सांसदहरुले नेतृत्वको आलोचना गरेका थिए ।
आजको बैठकमा नक्कली शैक्षिक योग्यता प्रकरणमा पक्राउ परेका सांसद सुनिल शर्माले बोल्दैछन् । शर्माले आफूले वर्तमान सरकारबाट काँग्रेस बाहिरिनुपर्ने विषयमा बोल्ने बताए । सरकार उत्तरकोरियाली मोडलमा चलेको भन्दै उनले इतिहासकै असफल सिद्ध भइसकेको सरकारमा टाँसिएर बस्न नहुने बताए ।