सिम्लेमा पहिरोसँगै ठूलो ढुंगा खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाण्डु टुडे २०८० साउन २७ गते १३:१७ मा प्रकाशित

धादिङ, २७ साउन– पृथ्वी राजमार्गअन्तर्गत धादिङको सिम्लेमा पहिरो गएपछि सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ ।

थाक्रे गाउँपालिका–३ स्थित सडकमाथिबाट पहिरो खस्दा राजमार्गमा एकतर्फी सवारी आवागमन अवरूद्ध भएको हो । धादिङ प्रहरी प्रमुख एसपी गौतम मिश्रले आधाघण्टा दुईतर्फी अवरुद्ध भएको सडक पहिरोसँगै खसेको ठूलो ढुंगा पन्छाएर सुचारु गरिएको बताए ।

ढुंगा फुटाउने काम जारी रहेको र केही समयभित्रै दुईतर्फी सडक सञ्चलनमा आउने जानकारी मिश्रले दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us