जाजरकोटका प्रहरी जवानको मकवानपुरमा पहिरोमा परी मृत्यु

काठमाण्डु टुडे २०८० साउन २७ गते १३:११ मा प्रकाशित

मकवानपुर, २७ साउन– मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैंसेमा सुक्खा पहिरासँगै खसेको ढुंगाले लागेर एक प्रहरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा प्रहरी जवान कीर्तिबहादुर नेपाली छन् । मकवानपुर प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीका अनुसार २२ वर्षीय नेपाली प्रहरी चौकी भैंसेमा कार्यरत थिए ।

शुक्रबार साँझ पहिरोसँगै झरेको ढुंगा लागेर घाइते भएका उनको हेटौंडा अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको कार्कीले जानकारी दिए ।

मृतक नेपालीको स्थायी ठेगाना जाजरकोटको शिवालय नगरपालिका–८ रहेको प्रहरीले जनाएको छ । शव आफन्तको जिम्मा लगाएर आजै जाजरकोट लैजाने तयारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us