
काठमाण्डु, २७ साउन– क्विन्टल सुन तस्करीमा संलग्नता रहेको आशंकामा पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा भएका छन् ।
हिमालयन एयरको उडानबाट चीन जान लागेका ली जियालिङ र लिउ फुयानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को आग्रहमा अध्यागमन विभागले शुक्रबार विमानस्थलबाट नियन्त्रणमा लिएको थियो । अध्यागमनले उनीहरुलाई नियन्त्रणमा लिएर सिआईबीलाई बुझाएको थियो ।
प्रहरीका प्रवक्ता डिआईजी कुवेर कडायतले तस्करीमा संलग्नता नदेखिएकाले उनीहरुलाई रिहा गरिएको बताए । सय केजी सुन तस्करी प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् । उनीहरु पुर्पक्षका लागि सिबाईबीको हिरासतमा छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको सय केजी सुन राजश्व अनुसन्धान विभागले गत २ साउनमा सिनामंगलबाट पक्राउ गरेको थियो ।