क्विन्टल सुन तस्करी प्रकरणः छुटे व्यवसायी रोहन अडुकिया

काठमाण्डु टुडे २०८० साउन २७ गते १२:१६ मा प्रकाशित

काठमाण्डु, २७ साउन– क्विन्टल तस्करी प्रकरणमा संलग्नताको आशंकामा पक्राउ परेका व्यवसायी रोहन अडुकिया रिहा भएका छन् ।

अडुकियालाई अध्यागमन विभागले शुक्रबार नियन्त्रणमा लिएको थियो । रोहन सुन तस्करी प्रकरणमा पक्राउ परी हाल पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी राकेश अडुकियाका छोरा हुन् ।
राजश्व अनुसन्धान विभागको आग्रहमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनले दिल्लीबाट फर्कने क्रममा अडुकियालाई नियन्त्रणमा लिएको थियो । राजश्वको विभागको पचात्रारकमा आधारमा अध्यागमनले अडुकियालाई कालोसूचीमा राखेको थियो ।

राजश्व अनुसन्धानले भने उनको जिम्मा लिन मानेको थिएन । सुन तस्करीको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरिरहेको भन्दै राजश्व अनुसन्धानले अडुकियालाई प्रहरीमा बुझाउन भनेको थियो ।

तर, सिआईबीले उनलाई पक्राउ गर्नुपर्ने कारण हालसम्म नदेखिएको बताएपछि छाडिएको अध्यागमन श्रोतले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us