बेनी–जोमसोम–कोरला सडक बन्द

काठमाण्डु टुडे २०८० साउन २७ गते ८:२३ मा प्रकाशित

म्याग्दी, २७ साउन– बेनी–जोमसोम–कोरला सडक पाँच दिनका लागि बन्द हुने भएको छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सडक बन्द गरिएको डिभिजन सडक कार्यालयले जनाएको छ । उक्त सडकले म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोडेको छ ।

राहुघाट–तातोपानी खण्डमा सडक चौडा गरिएपछि पहिरो गएको हो । सो स्थानमा माथिबाट ढुङ्गा खस्ने क्रम नरोकिएकाले रोकथामका लागि भोलिदेखि ३२ साउनसम्म पाँच दिनका लागि सडक पूर्ण बन्द गर्न लागिएको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले बताए ।

पहिरो का कारण दैनिक आवागमन प्रभावित हुँदै आएको र धनजनको समेत क्षति हुने सम्भावनालाई मध्यनजर गर्दै मर्मतका लागि सडक बन्द गर्नुपरेको पन्तले जनाए ।

पन्तले सो अवधिमा कालीगण्डकी करिडोरको चमेरे–बेगखोला सडकखण्डमा चल्ने हलुका सवारी साधानले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us