
काठमाण्डु, २७ साउन- बारामा ९० वर्षीय बुबाको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ६० वर्षीय दिलबहादुर घलान रहेका छन। उनले बुबा माइतसिं घलानको हत्या गरेको प्रहरीले बताएको छ। उनलाई इलाका कार्यालय निजगढको टोलीले लाई पक्राउ गरेको हो ।
शुक्रबार मध्याह्न जितपुर सिमरा उपमहानगरपालिकास्थित वडा नम्बर १६ को टाँगीया बस्तीका दिल बहादुरले घरायशी विवादका क्रममा बाबुको हत्या गरेको प्रहरीले जनाएको छ।