
काठमाण्डु, २३ साउन- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपद व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
आज बिहान प्रधानमन्त्री प्रचण्डले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिएका हुन्।
वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएकोप्रति सचेत रहन पनि प्रचण्डले आग्रह गरेका छन्।एनलेले उद्धार, राहत र पुनर्स्थापनाका लागि सम्पूर्ण रूपले सक्रिय हुन निर्देशन दिएका छन।