
काठमाण्डु, २३ साउन– अबिरल वर्षासँगै काठमाण्डु उपत्यकामा बाढी आएको छ ।
बाढीका कारण विभिन्न स्थानका बस्ती डुवानमा परेका छन् । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
बाढीको सतह बढ्दो क्रममा रहेकाले बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी महाशाखाले जनाएको छ । उपत्यकाका बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भएको छ ।
वर्षाका कारण विष्णुमती, धोबीखोला, मनोहरा लगायतमा जलसतह बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ । बाढीको सतह सतर्कताको तहसम्म पुगेकाले सडकमा यात्रा गर्दा सतर्क रहन आग्रह गरेको छ ।