सल्यानमा एक महिलाको शव फेला

काठमाण्डु टुडे २०८० साउन २१ गते १७:२५ मा प्रकाशित

काठमाण्डु ,२१ साउन-सल्यानमा एक जना महिलाको शव फेला परेको छ।

शारदा नगरपालिका-१४ धारपानीस्थित मकैबारीमा ४५ वर्षीया प्रमिला गिरीको शव फेला परेको प्रहरीले जनाएको छ। प्रमिलाको घाँटीमा चोट देखिएको प्रहरीले जानकारी दिएको छ।

घटना आजै बिहान भएको हो वा रातिमा भएको हो अनुसन्धान पछि थाहा हुने प्रहरीले जानकारी दिएको छ। प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us