
काठमाण्डु, २० साउन– नेकपा एकीकृत समाजवादीका सिन्धुपाल्चोक इन्चार्ज सुवास कर्माचार्य पार्टीबाट निकालिएका छन् ।
एकीकृत समाजवादीको सचिवालय बैठकले कर्माचार्यलाई साधारण सदस्यसमेत नरहने गरी निस्काशन गरेको हो । प्रवक्ता जगन्नाथ खतिवडाले पार्टी नीति र संठनात्मक पद्धतिविपरीत अनुशासनहीन काम गरेकाले कर्माचार्यलाई पार्टीबाट हटाइएको जानकारी दिए ।
त्यस्ता गतिविधि नगर्न पटकपटक सम्झाउँदा पनि कर्माचार्य नसुध्रिएको खतिवडाले बताए । कर्माचार्य एमाले फर्कने तयारीमा छन् । एमाले उच्च नेतृत्वसँग पार्टी प्रवेशका लागि उनले वार्ता गरेका थिए ।