
काठमाण्डु, १६ साउन- कीर्तिपुर नगरपालिका–१, लहना थाम्बालमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ६७ वर्षीया दिल कुमारी महर्जन रहेकी छन। उनको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको प्रहरीले बताएको छ। आफ्नै घरमा पानी तान्ने विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन् ।
लगत्तै उपचारका लागि कीर्तिपुर अस्पतालमा पुर्याइएको थीयो।