
काठमाण्डु ,१५ साउन- आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो। आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख १२ हजार ५० कायम भए को महासङ्घ जानकारी दिएको छ।
हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ३५० रुपैयाँमा कारोवार भएको थीयो यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ।मुल्य घटेसँगै आज चाँदीको भाउ प्रतितोला १४ सय ५० रुपैयाँ कायम छ ।
हिजो चाँदी प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।