२१ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम २ अर्बभन्दा बढी

काठमाण्डु टुडे २०८० साउन १४ गते १५:५१ मा प्रकाशित

कठमाण्डु, १४ साउन- लगातार ओरालो लागिरहेको सेयर बजार परिसूचक नेप्से आइतबार पनि घटेको छ ।

आइतबार नेप्से सूचक २६.१४ अंकले घट्दै २१ सयको विन्दुमा ओर्लिएको हो । आज सेयर बजारमा ६८ लाख ६० हजार ४२ कित्ता शेयरको खरिदबिक्री हुँदा २ अर्ब ५० करोड २८ लाख ८६ हजार ५२७ रुपैयाँको कारोबार भएको छ ।

यसदिन म्युचुअल फन्ड बाहेक १२ वटा उपसूचक ऋणात्मक भएका छन् । फाइनान्स समूहको उपसूचक २.३२ प्रतिशतले घटेको छ भने होटल तथा पर्यटन समूहको उपसूचक २.०८ प्रतिशतले, ट्रेडिङ समूहको उपसूचक २.०७ प्रतिशतले घटेको छ । अन्य समूहहरूको उपसूचक २ प्रतिशत भन्दा कमले घटेका छन् ।

आज कारोबारका आधारमा सिभम सिमेन्टस १४ करोड ७८ लाख ७४ हजार ३४९ रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।आजको कारोबारमा सर्वाधिक नाफा पिपुल्स पावर लिमिटेड, सुपर माई हाइड्रोपावर लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक डेबेन्चर२०८० रहेका छन् ।

भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, अभियान लघुवित्त वित्तीय संस्था र हिमालयन लघुवित्त वित्तीय संस्था सर्वाधिक घाटामा रहेका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us