
कठमाण्डु, १२ साउन- साताको अन्तिम कारोबार दिन शुक्रवार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको हो। आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ६ सय रुपैयाँ र तेजाबी सुन एक लाख १२ हजार ५० रुपैयाँ कायम भए को महासङ्घ जानकारी दिएको छ।
विहीबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थीयो ।
यस्ते आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घट्दै १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।