साताको अन्तिम कारोबार दिनमा पनि सेयर बजारको ओरालो यात्रा रोकिएन

काठमाण्डु टुडे २०८० साउन ११ गते १६:२९ मा प्रकाशित

काठमाण्डु, ११ साउन- लगातार चौथो दिन पनि सेयर बजार ओरालो लागेको छ ।

आज नेप्से परिसूचक २९.७१ अंकले घटेर २१२६.४८ बिन्दुमा कायम भएको छ । आज सेयर बजारमा ६२ लाख ७१ हजार ७७७ कित्ता सेयरको खरिदबिक्री हुँदा २ अर्ब ४२ करोड ५७ लाख ८० हजार ५६४ रुपैयाँको कारोबार भएको छ ।

बिहीबार कारोबारका आधारमा शिवम सीमेन्टस् १० करोड ५७ लाख ५९ हजार ९६६ रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ।त्यस्तै, एाआइसी एसीया क्याप फण्ड, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, इम्र्जिङ नेपाल लिमिटेड र अभियान लघुवित्त वित्तीय संस्थाले सर्वाधिक नाफा कमाए भने, किसान लघुवि वित्तीय संस्था, प्रोग्रेसीभ फाइनान्स, माईखोला हाइड्रोपावर र मिथिल्ला लघुवित्त वित्तीय संस्थाले सर्वाधिक गुमाएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us