
काठमाण्डु, ८ साउन– नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदै गर्दा आइतबार उछाल आएको शेयर बजारमा सोमबार करेक्सन देखिएको छ ।
सोमबार नेप्से परिसूचक २६.६६ अंकले घटेर २२५०. ५० बिन्दुमा झरेको छ । ठूला कम्पनीको शेयर मापक गर्ने सेन्सेटिभ इण्डेक्स पनि ६. १४ अंक घटेको छ ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा छ । कम्पनीको २५ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यस्तै ग्लोबल आइएमई बैंकको करिब २० करोडको शेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । अन्य उपसमूहको परिसूचक भने सर्वाधिक २.८७ प्रतिशत बढेको छ । विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.५० प्रतिशतले घटेको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको जोखिम भार पुनरवलोकन गर्ने बताएको थियो ।
सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घट्ने विश्लेषणले गर्दा सेयर लगानीकर्ता उत्साहित हुँदा नेप्से ६३.२४ अंकले बढेर २२२७. १६ पुगेका थियो । तर, कारोबार बन्द भएपछि आयोजित पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले कर्जाको जोखिम भार यथावत रहेको बताएपछि लगानीकर्ता निराश भए ।
नेप्सेमा गिरावट आए पनि कारोबार रकम भने करिब पौने ५ अर्ब पुगेको छ । कारोबार भएका कुल २१९ सूचीकृत कम्पनीमध्ये १६३ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।
५० कम्पनीको सेयरमूल्य बढेको छ भने ६ कम्पनीको सेयरमूलय स्थिर छ ।