
बुटवल, ८ साउन– अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रबैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिको समर्थन गरेका छन् ।
प्रेस युनियनले बुटवलमा गरेको पत्रकार भेटघाटमा महतले नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने दाबी गरे । मौद्रिक नीति लगानी मैत्री रहेको उनको भनाइ थियो ।
‘आर्थिक वृद्धि सुनिश्चित गर्ने र मूल्यलाई एउटा तहमा राख्ने वित्त नीती र मौद्रिक नीतिको लक्ष्य रहेको छ’, उनले भने । महतले मूल्यविृद्ध घटेको र कर्जाको ब्याजदर पनि घट्दै जाने उल्लेख गरे ।
‘