घर बनाउन चाहनुहुन्छ ? पाउनुहुनेछ दुई करोड ऋण

काठमाण्डु टुडे २०८० साउन ७ गते २२:४९ मा प्रकाशित

काठमाण्डु, ७ साउन– घर बनाउन चाहनेले अधिकतम दुई करोड रुपैयाँ ऋण पाउने भएका छन् ।

नेपाल राष्ट्रबैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिमा पहिलो घर बनाउन चाहनेले अधिकतम २ करोड रूपैयाँसम्म कर्जा पाउने व्यवस्था गरेको हो । यसअघि पहिलो घर बनाउन चाहनेले १ करोड ५० लाख रुपैयाँसम्म ऋण पाउने व्यवस्था थियो ।

अघिल्लो मौद्रिक नीतिमा सो भन्दा माथि घर बनाउन ऋण लिनेले रियल स्टेट कर्जा लिनुपर्ने उल्लेख थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us