
कठमाण्डु, ७ साउन- मौद्रिक नीतिको प्रभाव आइतबारको सेयर बजारमा परेको छ ।
साताको पहिलो दिन नेप्सेमा हरियाली छाएको छ । आइतबार नेप्से परिसूचक ६३.२४ अंकले अंकले बढ्दै २२ सय २७.१६ अंकको विन्दुमा उक्लिएको छ । यस्तै आज बजारमा १ करोड २० लाख २ हजार ३०८ कित्ता सेयरको खरिदबिक्री हुँदा ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार २३१ रूपैयाँको कारोबार भएको छ ।
आज १३ वटै उपसूचक धनात्मक हुँदै बजार नै हरियाली बनेको छ । सबैभन्दा बढी बैंकिङ समूहको उपसूचक ४.९८ प्रतिशतले बढेको छ भने डेभलपमेन्ट बैंकिङ समूह ४.७८ प्रतिशतले बढेको छ भने ट्रेडिङ समूहको उपसूचक ४.१० प्रतिशतले बढेको छ ।
अन्य उपसूचकहरु १ प्रतिशतदेखि ३ प्रतिशतसम्मले बढेका छन् । आज किसान लघुवित्त वित्तीय संस्था र चन्द्रागिरि हिल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने अन्य दर्जन बढी कम्पनीको सेयर मूल्य ७ प्रतिशत माथिले बढेका छन् ।