
कठमाण्डु, ७ साउन- अब विदेश भ्रमणमा जाने नेपाली २५ सय डलरसम्म रकम लैजान पाउने भएका छन्।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०-८१ को लागि मौदिक नीति सार्वजनिक गर्दैभारतबाहेक अन्य मुलुक जानेले २५ सय डलरसम्म रकम लैजान पाउने व्यवस्था गरेको हो।
हाल त्यस्तो सुविधा अमेरिकी डलर एक हजार पाँच सय बराबर मात्रै थियो । भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधाबापत एक वर्षमा दुई पटकसम्म २५ सयसम्म उपलब्ध गराइने व्यवस्था गरिनेछ, नीतिमा उल्लेख छ।
यसअघि वैदेशिक मुद्रा सञ्चितिमा चाप परेको भन्दै केन्द्रीय बैंकले न्यून मात्रामा मात्रै डलर सटही सुविधा पाउने व्यवस्था गरेको थियो ।