
इटहरी, ६ साउन– सुनसरीको इटहरीमा शनिबार बिहान भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
इटहरी नगरपालिका–१७ कान्छी चोकमा चारजना सवार मोटरसाइकल शुक्रबार राति करिब पौने ११ बजेको समयमा दुर्घटनामा परेको हो । मृत्यु हुनेमा इटहरी– १६ का २६ वर्षीय करण चौधरी, २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरी छन् ।
सुनसरी प्रहरीका डिएसपी राजकुमार राईका अनुसारी गम्भीर घाइते उनीहरुको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका २७ वर्षीय प्रेमलाल चौधरीको उपचार जारी छ ।
राईका अनुसार चारजना सवार मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेकोे डब्लु बी ७३इ९११७ नम्बरको भारतीय भ्यानसँग ठोक्किएको थियो ।