सुनचाँदीको मूल्य घट्यो , कतिमा हुँदैछ कारोबार ?

काठमाण्डु टुडे २०८० साउन ५ गते १२:१२ मा प्रकाशित

काठमाण्डु,५ साउन- साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ऋाज सुनको मुल्य प्रतितोला आठ सय रुपैयाँ घटेको हो। आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १३ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।इस्तै आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ।

बिहीबार प्रतितोला १४ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १४ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us