काठमाण्डु ,४ साउन- नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशमशेर राणाले पार्टीभित्र एकले अर्कोले आरोप प्रत्यारोपमा लाग्दा पार्टी कमजोर भएको बताएका छन् ।
पार्टीभित्रै एकले अर्कोलाई हिलो छ्याप्ने कामले पनि निराशा जगाएको पार्टी पंगक्तिमा निराशा आएको राणाले बताए ।आन्तरिक विवादले आफूभित्र लड्ने भन्दा पनि अरु शक्तिसँग प्रतिस्पर्धा गर्न पार्टीभित्र तयारी हुनुपर्ने उनले बताए ।
राणाले भने- ‘शुद्धीकरण सबैलाई चाहिएको छ । शुद्धीकरणका नाममा आफूले आफूलाई गाली गरेर रुपान्तरण हुँदैन,’ ।१८ वर्षदेखि ३५ वर्षका युवाहरु कांग्रेसतिर आकर्षित नभएको बैठकमा राणाले सुनाए । संसदमा कांग्रेस प्रस्तुति अन्यको तुलनामा कम भएको उनले बताए ।