
काठमाण्डु ,४ साउन- सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भएको थियो।यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले मात्र बढ्दै १ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसअघि बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ९० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनेको थियो।