दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम ३ अर्ब बढी

काठमाण्डु टुडे २०८० साउन ३ गते १५:५३ मा प्रकाशित

काठमाण्डु ,३ साउन- साताको चौथो कारोवारको दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

बुधबार नेप्से परिसूचक ११.१७ अंकले बढेर २१६५.२४ बिन्दुमा कायम भएको छ । आज ८६ लाख ७४ हजार १०९ कित्ता शेयरको कारोबार हुँदा ३ अर्ब ३४ करोड ८६ लाख ७९ हजार ९०० रुपैयाँको कारोबार भएको छ ।

कारोबारका आधारमा यूनाइटेड अजोड इन्सयोरेन्स लिमीटेड २३ करोड ५७ लाख ४५ हजार ४५७ रुपैयाँको कारोबारका साथ सिर्ष स्थानमा रहेको छ ।नेप्से कारोबारमा बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर सकारातमक सकिर्ट लेबलमा कारोबार भएको छ भने, एनआईबीएल समृद्धि फण्ड २, गुडविल फाइनान्स लिमीटेड डेभेन्चर २०८३ कम्पनी सर्वाघिक घटामा रहेका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us