यूएईबाट नेपालले पायो एक सय ५८ रनको लक्ष्य

काठमाण्डु टुडे २०८० साउन ३ गते १३:५२ मा प्रकाशित

काठमाण्डु, ३ साउन- एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा यूएईले नेपाललाई एक सय ५८ रनको लक्ष्य दीएको छ।

टस जिती पहिलो ब्याटिङ रोजेको यूएईले ४४ ओभरमा अलआउट हुनुअघि एक सय ५७ रन बनायो । यूएईलाई सामान्य स्कोरमा समेटन नेपाली बलर कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गरे ।

उनले ६ विकेट लिए । उनले १० ओभरमा केवल ४० रन खर्चिएका थिए । ५२ वटा लिस्ट ए खेलेका कुशलले हालसम्म जम्मा ४ विकेट लिएका थिए । उनले करिअरको ५३ औं लिस्ट ए खेलमा एकै खेलमा ६ विकेट लिएका हुन् ।

नेपाल र यूएई दुबै टोली उपाधि होडबाट भने बाहिरिइसकेका छन् । समूह ‘बी’ बाट भारत र पाकिस्तान नकआउट चरणमा पुगिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us