
एजेन्सी– ट्वीटरको कमाइमा ५० प्रतिशतले गिरावट आएको छ ।
ट्वीटर सञ्चालक एलन मस्कले कमाई आधाले घटेको जानकारी दिएका हुन् । विज्ञापनबाट हुने आम्दानी घटेसँगै नाफा घटेको उनले बताए । ‘हाम्रो नगद प्रवाह घटेको छ’, एक ट्वीटको जवाफमा उनले भनेका छन्, ‘नगद प्रवाह सकारात्मक हुन केही कामहरु गर्नेपर्ने छ ।’
टेस्ला र स्पेसएक्स कम्पनीका मालिक मस्कले ट्वीटर खरिद गरेका हुन् । उनले खरिद गरेको केही समयदेखि नै ट्वीटर क्रमशः ओरालो लागेको छ ।
ट्वीटरको कमाई घट्नुमा सुधारका लागि भन्दै मस्कले अघि सारेका कतिपय विवादास्पद नीतिहरु कारण रहेको मानिन्छ ।