
काठमाण्डु,३१ असार- भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय भएको छ।
सरकारले नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी स्वचालित प्रणाली सुरू गर्ने निर्णय गरेको हो। योसँगै सरकारले एलपी ग्यासमा कुनै पनि मुनाफा नराख्ने जनाएको छ।
डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राख्ने वाणिज्य सचिव मधुकुमार मरासिनीले जानकारी दिए। यससँगै,निगमले अबदेखि पेट्रोलको परल मूल्यमा २.५ प्रतिशत र डिजेलमा २ प्रतिशत नाफा लिने व्यवस्था गरेको छ ।
यससँगै, आज राती १२ बजेदेखि लागू हुने गरेर डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटेको छ ।हवाई इन्धनको मूल्य भने सञ्चालक समितिले तोकेअनुसार लागू हुने उल्लेख गरिएको छ।