
काठमाण्डु, ३१ असार– भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।
भारतीय आयल निगम (आइओसी) ले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलियम पदार्थको मूल्य घटेर आएको हो । पेट्रोलमा प्रतिलिटर ३४ पैसा र डिजेलमा २ रुपैयाँ ४७ पैसा घटाएर पठाएको आयल निगमले जनाएको छ ।
निगम प्रवक्ता मनोजकुमार ठाकुरले आईओसीले मूल्य घटाएर नयाँ दर पठाएको जानकारी दिए । यसअघि निगमले गत असार १८ गतेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो ।
भारतबाट नयाँ मूल्य सूची आएसँगै फेरि मूल्य घट्न सक्ने ठाकुरले बताए । निगमले हरेक १५ दिनको फरकमा नयाँ सूची पठाउने गरेको छ ।