काठमाण्डु ,२९ असार–लक्ष्मी बैंक र सनराइज बैंक मर्जर भएर आजबाट एकीकृत कारोबार सुरु भएको छ ।
दुवै बैंक मर्जर भएपछि लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको हो । दुवै बैंकले जेठ ८ गते एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा अन्तिम सम्झौता गरेका थिए ।
सोही अनुसार नेपाल राष्ट्र बैंकले असार २२ र कम्पनी रजिष्ट्रार कार्यालयले असार २४ गते दुवै बैंकलाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको थियो ।
दुवै बैंक १ः१ अनुपातमा मर्ज भएका हुन् । हाल लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइजको १० अर्ब ११ करोड रुपैयाँ छ । १०० प्रतिशत स्वापमा मर्ज हुँदा बैंकको चुक्ता पुँजी २० अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।