
काठमाण्डु ,२९ असार–एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानलाई एक सय ८० रनको लक्ष्य दिएको छ ।
टस जिती पहिले ब्याटिङ गरेको नेपाली टोली ३७ ओभरमा एक सय ७९ रन बनाउँदै अलआउट भयो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ७५ रन बनाए ।
उनले एक सय एक बलको सामना गरी दुई छक्का र नौ चौका हिर्काएका थिए ।प्रतिस जीसीले पनि २६ रन बनाए । कुशल भुर्तेलले १, मोहम्मद आसिफ शेखले १२, अर्जुन साउदले १७, रोहित पौडेलले ७ र पवन सर्राफले १ रन जोडे।
कुशल मल्लले पनि १७ र गुल्सन झाले १३ रन बनाए । भीम सार्कीले खाता खोल्न सकेनन् । कुशल मल्ल र गुल्सन झाबीच सातौँ विकेटका लागि २८ रनको साझेदारी भएको थियो ।