दोहोरो अंकले घट्यो नेप्से

काठमाण्डु टुडे २०८० असार २८ गते १५:३९ मा प्रकाशित

काठमाण्डु ,२८ असार- साताको अन्तिम कारोबारको दीन नेप्से दोहोरो अंकले घटेको छ ।

बिहिबार नेप्से परिसूचक १२.६२ अंकले घटेर २०८४.९३ बिन्दुमा कायम भएकोहो। यसदिन बजारमा ९३ लाख ८२ हजार ४४० कित्ता सेयरको खरिदबिक्री हुदाँ ३ अर्ब ३९ करोड ६ लाख ६० हजार ६०५ रुपैयाँको कारोबार भएको छ ।

यस्तै, ५४ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको सेयर मूल्य घटेको छ । यसबाहेक ५ कम्पनीको सेयर मूल्य भने स्थिर छ । परिसूचक घटेपनि आज ३ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

आज सबैभन्दा धेरै मूल्य गिरावट आउने कम्पनी पिपुल्स हाइड्रोपावर कम्पनी रहेको छ । यस्तै, सबैभन्दा धेरै सेयर कारोबार शिवम् सिमेन्टको भएको छ । यो कम्पनीको २३ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us