
काठमाण्डु, २८ असार- नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाण्डुको असन घर भई नयाँ बजार बस्ने ५९ वर्षका केशव तुलाधर रहेका छन। तुलाधरलाई काठमाण्डुउपत्यका अनुसन्धान कार्यालयको प्रहरी टोलीले सानो भर्याीङबाट पक्राउ गरेको हो।
उनलाई ठगी तथा सङ्गठित अपराध समेतको कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको कार्यालयका प्रहरी उपरीक्षक तथा रवीन्द्र रेग्मीले जानकारी दिए ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुले ३० जनाविरुद्ध जिल्ला अदालत काठमाण्डुमा ठगी तथा संगठित अपराधको मुद्दा दर्ता गरेको थियो ।
उक्त मुद्दाको थुनछेक बहसपछि कांग्रेस नेता बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझीलगायत १६ जना हाल पुर्पक्षका लागि थुनामा छन् ।तुलाधर पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १९ पुगेको छ ।