
काठमाण्डु ,२८ असार- बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। आज छापावल सुनको मूल्य प्रतीतोला एक लाख १२ हजार ४ सय रुपैयाँ तोकिएको छ ।
तेजावी सुन प्रतीतोला एक लाख ११ हजार ८५० रुपैयाँ तोकिएको छ।हिजो छापावल सुन प्रतीतोला एक लाख ११ हजार ६ सय रुपैयाँमा कारोवार भएको थीयो भने तेजावी सुन प्रतीतोला लाख ११ हजार ५० रुपैयाँमा कारोवार भएको थीयो।
यस्तै आज चाँदीको मूल्य १४ सय ४० रुपैयाँ तोकिएको छ ।ऋघील्लो कारोवारको दिन चादी प्रतीतोला १४ सय रुपैयाँमा खरिबिक्री भएको थियो ।