छोरी बलात्कार गर्ने बाबुुलाई ३३ वर्ष जेल सजाय

काठमाण्डु टुडे २०८० असार २६ गते ८:२८ मा प्रकाशित

दैलेख, २६ असार– दैलेख जिल्ला अदालतले छोरी बलात्कार गर्ने बाबुलाई ३३ वर्ष कैद सजाँय सुनाएको छ ।

जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले सोमबार १७ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ५० वर्षीय पुरुषलाई कैद सजाय सुनाएको हो ।

जिल्ला अदालतका सूचना अधिकारी टीकाराम न्यौपानेले हाडनातामा २५ वर्ष र नाबकालिगलाई बलात्कार गरेको कसुरमा ८ वर्षसमेत थपेर ३३ वर्ष कैद सुजाय गरिएको जानकारी दिए । ती पुरुषले गत १ चैतमा बलात्कृत भएको भन्दै पीडित पक्षले २१ चैतमा दैलेख प्रहरीमा उजुरी दिएको थियो ।

फैसलमा तीन पीडकलाई लाख जरिवाना, ५० हजार पीडित बालिकालाई क्षतिपूर्ति र दुई हजार आठ सय पीडित राहत कोषमा भराउने समेत उल्लेख भएको सूचना अधिकारी न्यौपानेले जानकारी दिए ।

दैलेखमा चैतदेखि जेठसम्मको अवधिमा १५ देखि १७ वर्ष उमेरका छोरीहरु बाबुबाटै बलात्कृत भएका चार मुद्दा अदालत पुगेका छन् ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us