
काठमाणडु, २४ असार-आइतबार सुन र चाँदीको मूल्य बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको हो। आज छापावाल सुनको मूल्य ७ सयले बढेर एक लाख ११ हजार ३ सय रूपयमा कारेवार भएको छ।
शुक्रबार छापावाल सुनको मूल्य एक लाख १० हजार ६ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।यस्तै आज तेजावी सुनको मूल्य एक लाख १० हजार ७५० र चाँदीको मूल्य १३ सय ९५ रुपैयाँ तोकिएको छ ।
शुक्रबार तेजावी सुनको मूल्य एक लाख १० हजार ५० रुपैयाँ रुपैयाँमा खरिद बिक्री भएको थियो । यस्तै अज चाँदी १३ सय ९५ रुपैयाँमा खरिद बिक्री भएको छ। अघील्ले कारोवारको दीन चाँदी १३ सय ७५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।