सुन चाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाण्डु टुडे २०८० असार २० गते १३:०३ मा प्रकाशित

काठमाण्डु ,२० असार- नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै सुनको मूल्य बढेको जनाएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँ पुगेको छ ।हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ८५० रुपैयाँ छ ।

हिजो सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको थियो । यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेसँगै प्रतितोला १३ सय ८० रुपैयाँ पुगेको छ । हिजो चाँदीको कारोबार प्रतितोला १३ सय ७५ रुपैयाँमा भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us