
काठमाण्डु,१९ असार- साताको तेस्रो कारोबारका दिन मंगलबार नेप्से दोहोरो अंकले बढेको छ ।
आज नेप्से परिसूचक १२.७३ अंकले बढेको हो। आज बजारमा ६४ लाख ५० हजार ९३४ कित्ता सेयरको खरिदबिक्री हुदा २ अर्ब ५७ करोड ६१ लाख ४० हाजर १२८ रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो कारोबारको तुलनामा आज कारोबार रकम भने घटेको छ ।मंगलबार सर्वाधिक नाफा सिटी होटल लिमीटेड र मानुशी लघुवित्त वित्तीय संस्थाले कमाएका छन, भने विपीडब्लु लघुवित्त वित्तीय संस्था र एनआइबीएल प्रगती फण्डले सर्वाधिक गुमाएका छन् ।
त्यस्तै, कारोबारका आधारमा सिटिजअन इन्भेष्टमेनट ट्रष्ट १२ करोड १७ लाख ८३० रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।त्यसैगरी उपसमूहतर्फ आज हरियाली भएको छ । जहाँ १३ वटै उपसमूहको सेयरमुल्य बढेको छ ।