सुन चाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाण्डु टुडे २०८० असार १९ गते १३:०६ मा प्रकाशित

काठमाण्डु ,१९ असार- मंगलबार सुन र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ४००, तेजावी सनुको मूल्य तोलामा ३५० र चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा एक लाख १० हजार ४०० रुपैयाँ कायम भएको छ ।यसतै तेजावी सुनको मूल्य एक लाख ९ हजार ८५० रुपैयाँ पुगेको छ ।हीजो छापावाल सुनको मुल्य तोलामा एक लाख १० हजार रुपैयाँ र तेजावी सुन एक लाख ९ हजार ५०० रुपैयाँमा कारोवार भएको थीयो।

यस्तै चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा पाँच रुपैयाँले बढेर एक हजार ३७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us